Bahumat Khabar

बारामती विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवार सहित ६ को मृत्यु

बारामती विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवार सहित ६ को मृत्यु

१४ माघ, काठमाडौं ।
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको दाबी गरिएको छ। बारामती विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनामा परेको बताइएको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै पवारका सहयोगीले घटनाको पुष्टि गरेको भनिए पनि सरकारी तहबाट आधिकारिक विज्ञप्ति सार्वजनिक भइसकेको छैन। दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार रहेको जनाइएको छ।
नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार रहेको उल्लेख छ। पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिएको बताइएको छ।
६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनअघिको कार्यक्रमका लागि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए भन्ने विवरण सार्वजनिक गरिएको छ। घटनाबारे थप आधिकारिक पुष्टि आउन बाँकी छ

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.