Bahumat Khabar

नेपालमा जेन–जी आन्दोलन विदेशी हस्तक्षेपको नतिजा हो: अमेरिकी सेनाका पूर्व मरीन बर्लेटिकको सनसनीपूर्ण दाबी

काठमाडौं, असोज २४-अमेरिकी सेनाका पूर्व मरीन तथा भूराजनीतिक विश्लेषक ब्रिआन बर्लेटिकले नेपालको जेन-जी आन्दोलनलाई लिएर सनसनीपूर्ण दाबी गरेका छन् । थाइल्यान्डमा बसोबास गर्ने बर्लेटिकले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै, नेपालको पछिल्लो राजनीतिक आन्दोलन “अर्ग्यानिक” नभई, अमेरिकाद्वारा सञ्चालित संस्थाहरूको प्रत्यक्ष संलग्नतामा भएको दाबी गरेका छन् ।

बर्लेटिकका अनुसार, नेपालको जेन-जी आन्दोलन केवल युवाहरूको स्वतःस्फूर्त अभिव्यक्ति थिएन, बरु यसको पछाडि विदेशी योजना, वित्तीय सहयोग, र सञ्चार प्रविधिको प्रयोग रहेको छ। उनका भनाइमा, कुनै पनि आन्दोलन यसरी एकै सातामा सशक्त ढंगले संगठित हुन सक्दैन जबसम्म त्यो पूर्व तयारी, नेतृत्व, धन, जनशक्ति र प्रविधिसँग सुसज्जित नहोस् ।

उनले आरोप लगाउँदै भने, “नेपालमा अमेरिकी सहायता प्राप्त संस्थाहरूले आन्दोलनलाई योजनाबद्ध ढंगले अगाडि बढाए । ‘हामी नेपाल’ भन्ने संस्थाले नै आन्दोलनको अगुवाइ गर्‍यो, जसका प्रायोजकहरूमा अमेरिका, युरोपेली संघ, र चीनविरोधी संस्थाहरू छन् ।”

बर्लेटिकले आफ्नो भिडियो सामग्रीमा अमेरिका समर्थित संस्थाहरूको नामसमेत उल्लेख गरेका छन्, जस्तै:उनका अनुसार, यी संस्थाहरूले सामाजिक सञ्जालमार्फत् विधेयकको तीव्र विरोध गर्दै आन्दोलनलाई उकासे ।

बर्लेटिकले एउटा अनौठो प्रविधिको प्रयोगसमेत उजागर गरेका छन् , उनका अनुसार, ट्विटरका पूर्व प्रमुख ज्याक डोर्सीद्वारा प्रवर्धित उक्त एप अमेरिका र स्टेट डिपार्टमेन्टको मिलेमतोमा सत्ता परिवर्तनको साधनको रूपमा प्रयोग भएको हो, जसको सक्रिय प्रयोग नेपाल र इन्डोनेसियामा देखिएको छ ।

बर्लेटिकले यो विषयमा अन्तर्राष्ट्रिय विश्लेषक आर्नड बरटान्डसँग संवाद गर्ने प्रयास गरे पनि, बरटान्डले छलफल गर्न अस्वीकार गर्दै आफूलाई ब्लक गरेको आरोप पनि लगाएका छन् ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.