काठमाडौं, नेपालको आयुर्वेदिक चिकित्सा क्षेत्रमा एक उल्लेखनीय प्रगति भएको छ । त्रिवि आयुर्वेद अनुसन्धान केन्द्र, नेपाल आयुर्वेद चिकित्सा परिषद्, र निजी अनुसन्धान संस्था हिमबोटानिकल ल्याब्स को संयुक्त पहलमा २० भन्दा बढी नयाँ आयुर्वेदिक औषधीहरूको अनुसन्धान सफल भएको छ।ती औषधीहरू हिमाली तथा मध्य-पहाडी क्षेत्रका दुर्लभ जडीबुटीहरूबाट तयार पारिएका हुन् । अब ती औषधीहरूलाई व्यवसायिक उत्पादन र वितरणका लागि तयारी थालिएको छ ।
अनुसन्धानको मुख्य उपलब्धिहरू:
- हिमरेष्ट क्याप्सुल – उचाइमा बस्ने व्यक्तिहरूको दम, थकान र रक्तअल्पताको उपचारका लागि ।
- शुद्धिवटी – पेटको पाचन प्रणाली सुधार गर्न र विषारी तत्व निकाल्न प्रयोग हुने गोली ।
- जडिबुटी सिरप – रुघाखोकी र फोक्सोसम्बन्धी समस्या समाधानका लागि ।
- तनवहार चूर्ण – तनाव, अनिन्द्रा र मस्तिष्क शान्तिका लागि जडीबुटी मिश्रण ।
- किडनी सुरक्षण तेल – मूत्र प्रणाली र मिर्गौलाको सुरक्षाका लागि प्रयोग हुने तेल ।
यो अनुसन्धान ३ वर्षअघिदेखि सुरु भएको थियो । २५ जना आयुर्वेदिक वैद्य, वैज्ञानिक, र वनस्पति विज्ञहरूको समूहले नेपालका विभिन्न हिमाली क्षेत्र (डोल्पा, संखुवासभा, हुम्ला) मा गएर जडीबुटी संकलन, पहिचान र प्रयोगात्मक परीक्षण गरे ।
प्रयोगशालामा ती जडीबुटीहरूको रासायनिक संरचना परीक्षण, क्लिनिकल ट्रायल, र पारम्परिक ज्ञानको मिलान गरेर अन्तिम उत्पाद तयार पारिएको हो ।
अनुसन्धान संयोजक डा. सुरेन्द्र कार्कीका अनुसार “वैज्ञानिक आधारमा पारंपरिक आयुर्वेदलाई नयाँ युगमा पुर्याउने कोसिस गरिएकाे छ साथै यी औषधीहरू घरेलु उपचारको भरमा हैन, प्रमाण–आधारित हुन् ।”
त्यस्तै, वनस्पति विज्ञ डा. माया अधिकारीका अनुसार वनस्पति सम्पदाले अरबौंको मूल्य राख्छ । यदी वैज्ञानिक ढंगले उपयोग गरियो भने नेपाल आयुर्वेदिक औषधिको निर्यातकर्ता बन्न सक्छ ।
जडीबुटीहरूको स्रोत:
- यार्सागुम्बा, जटामासी, पाखनबेद, अमरबेल, बोजो, चिराइतो लगायतका दुर्लभ जडीबुटीहरूको संयोजन प्रयोग गरिएको छ ।
- सरकारको अनुमति अनुसार मात्र संकलन गरिएको र दिगो व्यवस्थापन मा जोड दिइएको छ ।
आर्थिक र सामाजिक प्रभाव:
- रोजगारी: स्थानिय कृषकहरूलाई जडीबुटी खेतीमा सहभागी गराएर आयआर्जनको स्रोत विस्तार ।
-
निर्यात: आगामी वर्षदेखि भारत, श्रीलंका, र युरोपियन बजारमा निर्यातको तयारी ।





