Bahumat Khabar

महराको बयानपछि भोलि थुनछेक बहस हुने

२८ असोज, काठमाडौं । विमानस्थल भन्सारमा विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा आज महराको बयान सकिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भोलि अदालतमा थुनछेक बहस हुने तय भएको छ ।

बयानमा महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आरोपलाई अस्वीकार गरेका छन्  । उनले चिनियाँ नागरिक दाओजिन वाङसँग आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला मात्र चिनजान भएको बताएका छन् ।

अदालतले अब भोलिको बहसपछि थुनामा राख्ने वा साधारण तारेखमा रिहा गर्नेबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.