Bahumat Khabar

एमाले केन्द्रीय समिति बैठक सम्पन्न, मंसिरमा पोखरामा महाधिवेशन गर्ने निर्णय

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक शुक्रबार राजधानीको जावलाखेलमा सम्पन्न भएको छ । बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकको पहिलो दिन असोज २९ गते अध्यक्ष केपी शर्मा ओलीले विशेष राजनीतिक प्रस्तावसहित महाधिवेशनको मिति निर्धारणको प्रस्ताव पेस गरेका थिए ।

तर, उक्त प्रस्तावमाथि पार्टीका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन्  ।  उनीहरूले आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखेका छन्  ।

बैठकमा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर पार्टीले अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । तर शाक्य र ज्ञवालीले सो प्रस्ताव अस्वीकार गर्दै निर्वाचन तयारीलाई प्राथमिकता दिनुपर्ने मत राखे  ।

बैठकमा आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र महाधिवेशनका तयारीबारे विस्तृत रूपमा छलफल गरिएको एमालेले जनाएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.