काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयान दिन नजाने स्पष्ट पारेका छन् ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आफूलाई समितिले बयान लिन बोलाए पनि उपस्थित नहुने बताए ।
उनले भने, “कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।”
ओलीले आफू लोकतन्त्रमा गहिरो विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली र यसको संरक्षणका लागि निरन्तर रूपमा संघर्षरत रहने बताए ।