Bahumat Khabar

सुदन किराँतीको पाँच बुँदे अडान: “लिखित प्रतिबद्धता बिना यात्रामा सहभागी नहुने चेतावनी”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टी रूपान्तरणका लागि पाँच बुँदे ठोस र लिखित प्रतिबद्धताको माग गरेका छन् । उनले स्पष्ट रूपमा भनेका छन्— यी बुँदाहरूमा सहमति भए मात्र आफू पार्टीको आगामी यात्रामा सँगै हिँड्न सक्ने जनाएका छन् ।

फेसबुकमार्फत् सार्वजनिक गरेको आफ्नो प्रस्तावमा किराँतीले माओवादी पार्टीको रूपान्तरणलाई अब “विकल्प होइन, आवश्यकता” भन्दै नेतृत्व, संरचना र जिम्मेवारी वितरणमा आमूल परिवर्तनको आग्रह गरेका छन् ।

उनले प्रस्तुत गरेका पाँच बुँदा यसप्रकार छन् :

  • संरचना र अधिकार बाँडफाँड:
    विधान संशोधन गरी नयाँ संरचना निर्माण र अधिकारको न्यायोचित बाँडफाँड गर्नुपर्ने माग । आवश्यक परे संरक्षकलाई पार्टी विघटन गरी अधिवेशन घोषणा गर्ने अधिकारसमेत दिनुपर्ने उनले उल्लेख गरेका छन् ।

  • अपूर्ण र अपवित्र एकता रोक्नुपर्ने:
    भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन भइरहेको बेलामा ‘भावनाविपरीत’ भइरहेका एकता प्रयासलाई अपूर्ण र अपवित्र भन्दै तत्काल रोक्नुपर्ने उनको माग छ ।

  • पदाधिकारीमा रूपान्तरण:
    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेताको भूमिकामा राखी वर्तमान पदाधिकारी संरचना हटाई निर्देशक कमिटी गठन गर्नुपर्ने प्रस्ताव उनले गरेका छन् ।

  • केन्द्रीय राजनीतिक समिति गठन:
    स्थायी समितिदेखि अग्रज नेतासम्म समेटिएको केन्द्रीय राजनीतिक समिति गठन गरी राष्ट्रिय महत्त्वका निर्णय तथा सांसद चयनका अधिकार सो समितिलाई दिनुपर्ने माग उनले अघि सारेका छन् ।

  • तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी:
    तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिई उनीहरूले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने ‘पुलको भूमिका’ खेल्नुपर्नेमा किराँतीले जोड दिएका छन् ।

किराँतीका अनुसार, यी पाँचवटै बुँदा माओवादी केन्द्रको “रूपान्तरणको विकल्प” हुन् । उनले चेतावनीका साथ — “यी विषयमा लिखित प्रतिबद्धता बिना पार्टीको आगामी यात्रामा सहभागी हुन नसक्ने जनाएका छन् ।”

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.