Bahumat Khabar

कांग्रेस संस्थापन पक्षका नेताहरूको छुट्टै भेला, विशेष महाधिवेशन र निर्वाचन तयारीबारे रणनीति

काठमाडौँ, १७ कात्तिक — नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले आन्तरिक रणनीति र आगामी महाधिवेशनबारे छलफल गर्न यो भेला आयोजना गरेका हुन् ।

केन्द्रीय सदस्य गुरु बरालका अनुसार भेलामा १५औँ महाधिवेशनको मिति प्रस्ताव गर्ने र २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान जारी गर्ने तयारी गरिएको छ ।

त्यस्तै, केन्द्रीय सदस्य नैनसिंह महराले पार्टीको १५औँ महाधिवेशन कुन तरिकाले अघि बढ्ने र निकास के हुने भन्ने विषयमा विस्तृत छलफल हुने जानकारी दि ए।

भेलामा सहभागी नेताहरूले पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन माग गर्ने तयारी समेत गरेका छन् ।

पार्टीभित्र देखिएको मतभेदबीच संस्थापन पक्षीय नेताहरूको यो भेला कांग्रेसको आगामी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण मानिएको छ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.