काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव कमरेड विश्वभक्त दुलाल ‘आहुती’ की ममतामयी आमा कान्छी अछामीको मिति २०८२ साल कात्तिक १९ गते निधन भएको छ । उहाँको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गहिरो शोक व्यक्त गरेको छ ।
पार्टीका महासचिव कन्चनले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “महासचिव कमरेड विश्वभक्त दुलाल ‘आहुती’ की आमा कान्छी अछामीको असामयिक निधनले हाम्रो पार्टीलाई गहिरो दुःख पुगेको छ ।” वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
वक्तव्यमा जनाइएको छ, “यो दुःखद क्षणमा हामी पार्टीका तर्फबाट क्रान्तिकारी अभिवादनका साथ स्व. कान्छी अछामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कमरेड आहुतीलगायत सम्पूर्ण परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।”
शोक वक्तव्यमा पार्टीले स्वर्गीय अछामीको जीवनभरको ममतामय योगदानलाई सम्झँदै उहाँको स्मृतिलाई क्रान्तिकारी प्रेरणाको रूपमा लिने प्रतिवद्धता जनाएको छ ।






