Bahumat Khabar

नयाँ दल दर्ताको अन्तिम दिन आज, आयोगमा भीड बढ्दै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आह्वान गरेको नयाँ राजनीतिक दल दर्ता तथा दलदर्ता प्रमाणपत्र प्राप्त गर्ने समय आज (अन्तिम दिन) साँझ कार्यालय समय सकिँदासम्म रहने छ ।

आयोगले यही निर्वाचन प्रयोजनका लागि नयाँ दल दर्तासँगै आयोगमै दर्ता भइसकेका दलहरूलाई पनि पुनः दल दर्ता (Renewal) गर्नुपर्ने व्यवस्था गरेको छ । फागुन २१ को निर्वाचन तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।

आयोगका अनुसार हालसम्म १२६ दलले आधिकारिकता प्राप्त गरिसकेका छन् भने केही दलहरूका कागजात प्रक्रिया अन्तिम चरणमा छन् । धेरै दलहरूले आजै आफ्नो दर्ता प्रमाणपत्र प्राप्त गर्ने अपेक्षा गरिएको छ । आजको अन्त्यसम्म दर्ता भएको कुल दलको आधिकारिक संख्या टुंगो लाग्नेछ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म, र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका निवेदन पेश गर्नुपर्ने समय निर्धारण गरेको छ ।

दल दर्ताका लागि पेश गरिने निवेदनमा दलसम्बन्धी सम्पूर्ण विवरण, दलको नाम, आयोगमा दर्ता मिति, आन्तरिक नियमावली तथा आवश्यक कागजातहरू समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।

यता, फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सीट रिक्त हुने भएकाले सोही रिक्त पद पूर्तिका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

आयोगमा दर्ता प्रक्रियामा रहेका नयाँ दलहरूको भीड बढेसँगै आजकै दिन धेरै दलहरूले आफ्नो आधिकारिकता लिने तयारी गरेका छन् ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.