Bahumat Khabar

बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या ४९

बाढी र पहिरोका कारण कोशी प्रदेशका मृत्यु हुनेको संख्या १३ पुरुष र १४ महिला र ३ जना बालक र ७ जना बालिका सहित ४९ पुगेकाे छ ।
असाेज १७ र १८ गते काे अविरल बर्षाका कारण यति धेरैकाे ज्यान गएकाे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये इलाममा मात्रै ३७ जनाकाे ज्यान गएकाे छ भने १ जना बेपत्ता छन् ।

देशभर ५२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।

प्रहरीका अनुसार बाढी र पहिरोमा परी पाँचथरमा २ जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बाढीमा परी उदयपुरमा २ जना र खोटाङमा २ जनाको मृत्यु भएको छ।

बाढीमा बगेर मोरङमा १ जना महिलाको मृत्यु भएको छ । झापामा एक जना पुरुषको शव फेला परेको छ ।

बाढीका कारण ६ हजार बढी परिवार विस्थापित भएका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् ।

मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.