Skip to main content

Bahumat Khabar

कविता: नेपालकाे वर्तमान अवस्था

– प्रेम प्रकाश वली

न्यायमा गरिने जिरहहरूकाे जवाफ
मुत्युकाे दायरामा उभिएर
जनताकाे अदालतमा फलाकेकाे साबित बयान
मरेर इतिहासमा बाँच्ने आशा गर्दै
अहिले बाँचेर इतिहासमा नबाँच्ने कायरहरू
यहाँ नयाँ विहानीकाे सुरूवात सँगै
जिन्दगीमा  सँस्कार सँस्कृतिलाई भत्काउँदै
नयाँ निर्माणका लागि

तर,
बनावटी इज्जत नैतिकता देखाउँदै छन्
सुकिला मुखिलाहरूकाे खाेक्रा शब्दकाे
अर्थ मलाई पत्यार लाग्दैन !
भ्रष्टाचार घुसखाेरी तस्करी र राष्ट्रघात
मेराे आँखाका नानी सुदुरकाे नक्षेत्र चम्किन्छ
राष्ट्रघात गर्दै हिँड्ने देखेर मलाई
बिषालु काँडा भएर म भित्र राेपिएकाे छ ।
याे रक्तबिज रहेछ जति मार्याे उति पलाउने
राष्ट्रियता भन्ने शब्द जति पन्छायाे उति टाँसिने
मेराे मानसपटलमा रिल घुमेसरी घुम्दै छ ।
लाखाैँ झिल्काहरू उडेर शुन्यमा बिलय भएका छन् ।
पसिनाका कराेडाैँ थाेपाहरू तिलपिलायर मट्टीमा
बिलाएका छन् यहाँ ।

उत्तेजनाकाे आँधीले जिउभरी हजाराैँ पटक
लाखाैँ कराेडाैँ काँडा उमरिएका छन् ।
त्यसैलेत आज सरकारकाे कार्यशैली देखेर उदास लाग्छ ।
शब्दमा सजाएकाे हुन्छु
खाेक्राे शब्दकाे के अर्थ ,
घाेक्रयाएका तिम्रा मिठास हराएका शब्द वाक्य
बिलाएका मैनबत्तीका थाेपा जस्ता
सपनीमा च्यास्स पार्दै आउछन् निलकाँडा बनेर
बैशाख-जेठका रङ्ग हराएका पात बनेर
काला फुस्रा बनेर

यहाँ यस्तै  छ
निरङ्कुशताकाे अन्त्य गर्दै
गणतन्त्र ल्याउन क्रान्ति गरियाे ।
लाेकतन्त्र शान्ति र सम्मृद्दी
सामाजिक अग्रगमन स्वतन्त्रता सार्वभाैम नेपाल
नेपाली आमाकाे चाहाना पूरा भएन किन ?
राष्ट्र निर्माणमा लगाउनै पर्ने रूपैयाँ
जाँडरक्सी र माेजमस्तीमा लगाउँदै छन् ।
अरबाैँ अरब रूपैयाँ मिलाेमताेमा भ्रष्टाचार गर्दै
देशका नदी नाला बिदेशीलाई बिक्रि गर्दै छन्
के यही हाे समाजवादी गणतन्त्र !

हाल, नेकपा (बहुमत) का पाेलिटव्युराे सदस्य तथा १ नं. व्युराे इन्चार्ज समेत रहनु भएका प्रेम प्रकाश वली ‘क. धमिल’ ले याे कविता जाजरकाेट कारागारमा रहँदा सिर्जना गर्नुभएकाे हाे ।

Facebook Comments Box
By बहुमत खबर

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.