Skip to main content

Bahumat Khabar

गाजा स्ट्रिपमा हमासद्वारा पुनः ७ हजार लडाकू तैनाथ, नियन्त्रण फिर्ता गर्न तयारी

गाजा स्ट्रिप — प्यालेस्टाइनी विद्रोही समूह हमासले करिब ७ हजार लडाकूलाई गाजा स्ट्रिपमा पुनः तैनाथ गरेको छ । युद्धविरामपछि गाजाबाट इजरायली सेना फिर्ता भएलगत्तै हमासले क्षेत्रको नियन्त्रण फिर्ता गर्न आफ्ना लडाकूहरू परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचार स्रोतहरूका अनुसार, हमासले गाजालाई “इजरायलबाट पूर्णरूपमा मुक्त गर्ने” उद्देश्यसहित आफ्ना लडाकूहरूलाई २४ घण्टाभित्र रिपोर्ट गर्न निर्देशन दिएको छ। तैनाथ भएका लडाकूहरूमा केही सादा पोशाकमा देखिएका छन् भने केहीले सैनिक पोशाक लगाएका छन् ।

हाल गाजामा युद्धविराम लागू भइसकेको छ । युद्धविराम अन्तर्गत दुवै पक्षबाट बन्धक तथा बन्दीको रिहाइका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

गाजामा हमासको यो गतिविधिलाई इजरायल तथा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेका छन् । यो कदमले भविष्यमा पुनः तनाव सिर्जना हुने आशंका पनि गरिएको छ ।

Facebook Comments Box
By बहुमत खबर

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.