काठमाडाैं । नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी, महान जनयुद्धका सक्रिय सहभागी तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङ जिल्लाका नेता क. विनोद कुवर सिंहको २०८२ साल चैत्र १७ गते आकस्मिक निधन भएको छ । उहाँको ४७ वर्षको युवा उमेरमा भएको असामयिक निधनले सम्पूर्ण पार्टी पंक्ति र नेपाली कम्युनिस्ट आन्दोलनलाई गहिरो क्षति पुर्याएको छ ।
क. सिंह मोरङ जिल्ला समिति सदस्यको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै जनताको हित र पार्टी सङ्गठन विस्तारमा अहोरात्र खटिरहनुभएको थियो । उहाँको योगदान, बलिदान र समर्पणको भावना सधैं अमर रहने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जनाएको छ ।
यो अपूरणीय क्षतिको घडीमा पार्टीका तर्फबाट क. विनोद कुवर सिंहको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ । साथै, शोकाकुल परिवारजन, शुभेच्छुक तथा समग्र पार्टी पङ्क्तिमा गहिरो समवेदना प्रकट गरिएको छ ।
पार्टीले दुःखको यो घडीमा शोकलाई शक्तिमा परिणत गर्दै क. विनोदले देखाएको बाटोमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । उहाँको योगदानले सम्पूर्ण पार्टी पंक्तिलाई सधैं प्रेरित गरिरहने जनाइएको छ ।





