Bahumat Khabar

हुलास स्टिलले विद्युत् बक्यौताबापत पहिलो किस्ता बुझायो

काठमाडौं । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको बक्यौताबापत पहिलो किस्ताको रकम तिरेको छ ।

प्राधिकरणका अनुसार सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेका हुलास स्टिलले ५० लाख ४३ हजार रुपैयाँ बुझाएको हो । कम्पनीले २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म प्रयोग गरेको विद्युत् बिल तिर्ने बाँकी रकम १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

उक्त बक्यौता रकम किस्ताबन्दीमा तिर्न हुलास स्टिलले २८ किस्ताको सुविधा लिएको छ । सो व्यवस्थाअनुसार पहिलो किस्ता बुझाइएको प्राधिकरणले जनाएको छ ।

‘हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,’ प्राधिकरणका एक स्रोतले भने ।

प्राधिकरणले लामो समयदेखि बक्यौता असुलीका लागि प्रयास गर्दै आएको थियो । हुलास स्टिलको पहिलो किस्ता बुझाइसँगै अब बाँकी रकम पनि तोकिएको अवधिभित्र तिरिने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.