Bahumat Khabar

सरकारद्वारा जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा : शहीद (सूचीसहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा जेनजीहरूले प्रदर्शन गरेका थिए । सो क्रममा विभिन्न जिल्लामा भएका घटनामा ७६ जनाको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीमध्ये ४५ जनालाई मात्र शहीद घोषणा गर्ने निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले गृह मन्त्रालय अन्तर्गतको अध्ययन समिति, सुरक्षा निकायहरू र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको बताए ।

‘सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदन र प्रमाणको अध्ययनपछि ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो,’ मन्त्री खरेलले भने, ‘अहिलेलाई थप अध्ययन गर्ने तयारी छैन ।’

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार ती शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिए ।

यससँगै सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ती ४५ जनाप्रति औपचारिक रूपमा सम्मान प्रकट गरेको छ भने बाँकी मृतकहरूका घटनाबारे अध्ययनपछि आवश्यक निर्णय गरिने संकेत गरेको छ ।

शहीदहरूकाे नामावली हेर्न तल “जेन जी-शहीद नामावली” मा क्लिक गर्नुहाेला ।

जेन जी-शहीद नामावली

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.