Bahumat Khabar

राम कार्कीको नयाँ राजनीतिक यात्रा : ‘समाजवादी एकताको’ अभियान घोषणा, माओवादी केन्द्र परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता राम कार्कीले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् । उनले ‘वाम धुव्रीकरण घोषणा’ शीर्षकमा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘नयाँ एकीकृत समाजवादी अभियान’ सुरु गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा नेता कार्कीले आफू, उपमहासचिव जनार्दन शर्मा, र स्थायी समिति सदस्य अन्जना विशंखे लगायतका सहकर्मीहरूले माओवादी केन्द्रका सबै पदीय जिम्मेवारी त्यागी नयाँ समाजवादी अभियानको बाटो रोजेको बताए ।

कार्कीले भने, “उहाँ (जनार्दन शर्मा) काे दर्ज्यानी चिन्ह उपमहासचिव हाे, मेराे सचिव हाे, अञ्जना विशंखे स्थायी समिति सदस्य हाे । हामी ती सबै चिन्हहरू मिल्क्यायर आएका हाैं । समाजवादप्रति प्रतिवद्ध, नयाँ पुस्ताप्रति विश्वास गर्ने सबैलाइ यही बाटाेमा आउन आह्वान गर्छाैं ।”

उनका अनुसार, माओवादी केन्द्रभित्र लामो समयदेखि सुधार र रूपान्तरणका प्रयास विफल भएपछि नयाँ राजनीतिक यात्रा अपरिहार्य बनेको हो । “विभिन्न दलमा रहेका समाजवादप्रेमीहरू, देशभक्त र जनवादी सोच भएका सबै एकै ठाउँमा आउनुपर्छ । समाजवाद हाम्रो साझा लक्ष्य हो — त्यसका लागि पुराना पूर्वाग्रह र ‘मेरो पार्टी ठूलो’ भन्ने अहं त्याग्नुपर्छ,” कार्कीले जोड दिए ।

कार्की, शर्मा र विशंखे माओवादी केन्द्रका पूर्व उच्चस्तरीय नेता हुन् । उनीहरूले अब देशभर समाजवादी धारको एकता र नयाँ विचारको आन्दोलन अगाडि बढाउने तयारी गरेको बताएका छन् ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.