Skip to main content

Bahumat Khabar

कविताः मेराे प्याराे जाजरकोट

– प्रेम प्रकाश वली

प्रकृतिकाे राजमार्गबाट
जगतिसेनका तजबिजहरू
खाेजिरहेका छन् यहाँ
प्यारी र कचालीकाे आगणबाट
लालिगुराँस फुल्ने बन-पाखामा
लुकामारी  खेल्ने ती ग्वालाहरू
ठाडीभाका गीतबाट
खाेलिरहे छन् मनका कथाहरू
रमाका हिमालकाे काखबाट
धेरै कुरा बदल्नु  छ यहाँ
चिनकम्द र भैरीकाे लेखबाट

ढाल तरूवाल अनि खुकुरी नाचका प्रतिबिम्वहरू
देखाउदै छन् यहाँ
कुसेमुसे पाटनबाट
लाेक नाचका चाँचरीहरू
खेलिरहेछन् रिखे बस्तीबाट
सिङ्गारू र मयुर नाचका बाईस हाताहरू
ठाेकिदिए झ्याली मादल
खैजेरीकाे तालबाट
थपिदिए देउडा भाकाका धाचाहरू
चाखुरेका फेदीबाट

फर्किएनन् माक्र्सवादका भाषण दिनेहरू
नेपालकाे खाल्डाे भित्र फसेपछि
झुपडीमा दालभातकाे जाेहाे गर्नेहरू
पर्खि बसे बारेकाेटकाे दराबाट
यस्तै  हुन् अपुरा हाम्रा  रहरहरू
बादर चढ्ने भीर-पाखामा
जुनी काट्ने मानवताका कथाहरू
खाेलीदिए ओखर खाेज्ने गन्ठाबाट

बिर्सिदिए छेडा-गाडका माछाहरू
रयाम्बाे माछाका कुरा गर्दा
भुलिदिए बारेकाेटका गाभाहरू
तारे हाेटेलकाे भाेजनबाट
आलिसान महल अईस गर्दै
नलगाडकाे तिरबाट
धाेकेबाजलाई चुनैति दिंदै
मालेमावादी सिद्धान्त शीराेधार गर्दै
क्रान्ति राँकाे सल्काउँदै
निरन्तर अगाडि बढ्दै छन्
वैज्ञानिक समाजवादकाे लागि

हाल, नेकपा (बहुमत) का पाेलिटव्युराे सदस्य तथा १ नं. व्युराे इन्चार्ज समेत रहनु भएका प्रेम प्रकाश वली ‘क. धमिल’ ले याे कविता जाजरकाेट कारागारमा रहँदा सिर्जना गर्नुभएकाे हाे ।

Facebook Comments Box
By बहुमत खबर

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.